Logo

मित्रता र आत्मियता लागि “शेर्पा इभेन्ट एण्ड इन्टरटेनमेन्ट म्यानेजमेन्ट” ले हिमालयन फेष्ट २०१७ आयोजना गर्ने


Himalayan Feast 2017

Himalayan Feast 2017

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कलाखबर, काठमाडौं।  विभिन्न समुदायहरुको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ शेर्पा इभेन्ट एण्ड इन्टरटेनमेन्ट म्यानेजमेन्टले हिमालयन फेष्ट २०१७ आयोजना गर्ने भएको छ । हिमाली जिल्लाहरुमा बसोबास गर्ने शेर्पा, तामाङ लगायतका समुदायको परम्परागत संस्कृति झल्कने गरी आयोजना गर्न लागिएको उक्त कार्यक्रम आगामी भदौं २३ गते दिउसो २ बजेदेखि कपनको रामहिटीमा अवस्थित रामगर पार्टी भेन्यूमा हुन लागेको हो ।

सन् २०२० सम्म एकै ठाउँमा सबै जाति समुदायको परम्परागत सांस्कृतिक प्रदर्शनी गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सोनाम जाङबु शेर्पाले बताए । यस कार्यक्रममा परम्परागत सँस्कृति जन्य प्रस्तुतिहरु मात्रै नभएर आधुनिक प्रस्तुतिहरु मार्फत पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम समेत रहेको जानकारी शेर्पाले दिए ।

उक्त कार्यक्रममा कलाकार दिक्षा थापा, जोवान भुम्जु तथा सम्बोधन व्याण्ड, नेपाल हिप पप कम्युनिटी, शेर्पा योनहेण्ड छोक्पा, नेपाल टिबेटन ल्हामु एसोसिएशन, ह्वीच ह्याजल लगायतको विशेष प्रस्तुति रहने छ भने डिजे नवाङले डिजेइङ मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।

उक्त कार्यक्रममा सहभागिताका लागि प्रति व्यक्ति एक हजार दुई सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । सो टिकटमा वेल्कम ड्रिंक, स्न्याक्स, डिनर तथा आवश्यक परे घरसम्म पुग्ने ट्रान्सपोर्ट समेतको व्यवस्था हुनेछ । करिब सात सय जनाको सहभागिता रहने अनुमान गरिएको उक्त कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्