Logo

दर्शक स्रोता नेपालको प्रथम महाधिवेशन सम्पन्न ।


dharsak srota

 

dharsak srota

 

 

 

 

 

 

 

 

 

 

 

 

 

श्रावण– १३, राजकुमार राई काठमान्डौँ, आज दर्शक स्रोता नेपालले दोस्रो साधारण सभा तथा प्रथम महाधीवेशन कार्यक्रमको आयोजना गरेको छ । नया बसपार्क जेसिका हलमा आयोजित कार्यक्रममा सस्थाका अध्यक्ष केशब भट्ट ,सभापति ,वरिष्ठ लोक गायक खड्ग गर्वुजा, प्रमुख अतिथि, राष्ट्रीय लोक सञ्चाकर्मी नेपालका अध्यक्ष ,अतिथि, तथा पत्रकार ओम भण्डारी, श्रीराम पुडासैनी , लोक प्रिय गायक अजय कुङ, सुवास चन्द्र गिरी ,तिलक शाही ,ज्ञान बहादुर खड्का,रमेश श्रेष्ठ, बर्षा शिल्वाल , कतक नेपाली , सुनिल नेपाली, शिव राम भण्वडारी, राम भण्डारी, उद्धव कार्की, भुवन श्रेष्ठ आदी अतिथि हरुको रुपमा रहेर कार्यक्रको शोभा बढाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ब्यास तथा खदा वितरण पछि सभापतिले दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । सस्थाका सदस्य मिरा संकल्मप र चन्चल सुनारको स्वागत मन्तब्य संगै कार्ययोजना तथा जानकारी सहितको वार्षि प्रतिवेदन सस्थाका आध्यक्ष केशब भट्टले प्रस्तुत गरेका थिए । साथै उहाले विद्यमान अवस्थामा आएर कलाकारहरुले कला संकृतिको नाममा छाला र नाङ्गो तिख्रा देखाई विकृति फैलाएको कुरा पनि औल्याउनु भयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एक दिन मनाउने तिजलाई पनि फेशनको रुपमा एक महिना अघि देखि नै प्रचार बाजी गर्दै गलत तरिकाले हेर्न थालिएको तथा नाइटो र छाती देखाई अङ्ग प्रर्दशन गरि आफू चर्चामा आउने काम गरिएको तथा यसले झन संस्कृतिलाई तहसनहस बनाएको कुरा प्रमुख अतिथि खड्ग गर्वुजाले बताउनु भयो । नेपाली कला सँस्कृतिलाई नबुझिकन अरुको लहैलहैमा लागेर अङ्ग प्रर्दशन गरि नाम र दाम कमाउन खोज्ने तथा यस्ता विकृति अन्ते गर्नका लागी यस दर्शक स्रोता लागी परेको कुरा संस्थाका महासचिब केशब विश्वर्कमाले बताउनु भयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

समाझले नपच्ने तथा अश्लिलता झल्काउने किसिमका कुनै पनि गीत संगीत मिडियामा नबजाउन आग्रह तथा नेपाली मौलिक कला सँस्कृतिको संक्षण र दिगो विकासका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ दर्शक स्रोता नेपालको स्थापना भएको संस्थाका उपाध्यक्ष सन्तोष ब्रजागाईले जानकारी दिनु भयो । भोलि १४ गतेको महाधीवेहशनले नयाँ कार्य समिति पाउने समेत सँस्थाका महा सचिब केशब विश्वर्कमाले बताउनु भयो । हाल सम्म सँस्थामा आबद्ध भई योगदान पुरयाउने ब्यक्तिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्