लामाको मलाई भुल्नै गाह्रो भयो बोल्को म्यूजिक भिडियो बजारमा भाइरल बन्दै

श्रावन –११ राजकुमार राई काठमान्डौँ, पुर्व जन्म थलो सिन्धुली जिल्ला बनाई हाल काठमान्डौ जिल्लामा बस्दै आउनु भएका विकि लामाले मलाई भुल्नै गाह्रो भयो , बोलको म्यूजिक भिडियो बजारमा ल्याएको छ । रवि आर एस को शब्द संगीत तथा विकि लामाको स्वरमा सृजित यो गीतमा मुनलाईट फिल्मसका डाइरेकटर तथा वरिष्ठ कोरियो ग्राफर समेत रहेका आशिक राईले निर्देशन गरेका छन् ।
यति चाडै दर्शक को मनलाई छुन सफल यो म्यूजिक भिडियोमा पंकच लामा , निशा बोहोरा , नरेन बुढाथोकि र पुषन लामा आदिले अभिनय गरेका छन् । मुनलाइट फिल्मस कम्पनीबाट उत्पादित यो म्यूजिक भिडियो म्यूजिक नेपालको युट्यूब च्यानेलमा हेर्न सकिने कुरा निदेर्शक आशिक राईले कलाखबरलाई बताउनु भयो । परिवारको कुनै साथ
सहयोग बीना आफनै प्रयास र साथीभाइको साथ सहयोग र मायाले गर्दा आज यस क्षेत्रमा आउन सफल भएको कुरा लामाले बताउनु भयो ।
धेरै संघर्ष र प्रयास पछि कोशेली स्वरुप दर्शक स्रोता माझमा ल्याएको आफनो म्यूजिक भिडियोलाई माया गरि प्रतिक्रिया जनाउन समेत उहाले आग्रह गर्नु भयो । आब फेरि पनि छिटै आफ्नै शब्द संगीतमा नयाँ गीत ल्याउने तयारीमा रहेको समेत लामाले बताउनु भयो । सानै उमेरदेखि कलाकारिता क्षेत्र रोजेर अगाडी बढेका लामाले आफनो सास रहुनजेल यसै क्षेत्रमा नै निरञ्तर लागी रहने समेत बताउनु भयो । दर्शक स्रोताहरुले माया गरी नेपाली गीत–संगीतलाई बढी हेरी दिनुभयो भने यस क्षेत्रमा पनि बाच्न सक्ने प्रशस्तै माध्यमहरु रहेको समेत उहाले बताए ।