सिन्धुपाल्चोक अर्को संकटमा, अरनिको राजमार्गको पुल भत्किएपछी यातायात पुर्ण रुपमा विच्छेद

छिरिङ शेर्पा, साउन ९, काठमाडौं । सिन्धुपाल्चोकको दुगुनामा अविरल वर्षापछि गएको पहिरोले भोटेकोसी गाउँपालिकाको
अरनिको राजमार्गको तातोपानी र फुल्पिङकट्टी जोड्ने भोटेकोशी नदि माथिको पुल भत्किएको छ । यस संगै तातोपानी हुँदै
चीनको तिब्बत नाका जोड्ने राजमार्ग पूर्णरूपमा विच्छेद भएको छ ।

२०५३ साल साउन ७ गते पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँगै पहिरो खस्दा लार्चा पुल बगाएको थियो ।
त्यस बेला गएको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको थियो ।
आइतबार रातिको पहिरोले पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किलोमिटर क्षेत्रमा यातायात पूरै रोकिएको छ ।
यस पुल चीन सरकारले २०३८ सालमा निर्माण गरिदिएको थियो । भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा
फलामको संरचना बनाएर अड्याएको थियो ।
भूकम्प, त्यसपछि चीन सरकारले एकतर्फी रुपमा लगाएको नाकाबन्दी, भोटेकोसीको बाढी आदि कारणले दुई वर्षदेखि सुनसान
रहेको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ ।
भुकम्पपछि चीन सरकारले लगाएको नाकाबन्दीले गर्दा आयश्रोत र रोजगार गुमाएर विस्थापित भएका स्थानीय बासिन्दाहरु अन्यत्र
दुखद जिबन बिताई रहँदा पनि राज्यको चासो नगएको स्थानीय बासिन्दाहरु बताउछन् ।
सो नाका नखुल्दा बर्षेनी राज्यले भन्सार कार्यालय मार्फत उठाउदै आएको अरबौं राजस्व गुमाईरहनु परेकोछ ।