हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको उपत्यका समन्वय समिति गठन ।
श्रावन – ६ , राजकुमार राई, काठमाडौं । हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको उपत्यका समन्वय समिति आज गठन भएको छ ।
हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य छिरिङ मिङग्यूर शेर्पाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा १७ जना उपत्यका समन्वय समिति गठन भएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथिमा प्रतिष्ठानको केद्रीय अध्यक्ष रत्न पुलामी मगर हुनुहुन्थ्यो भने प्रथम उपाध्यक्ष आशिक राई , द्वितीय उपाध्यक्ष अनन्त अर्याल तथा केन्द्रिय सदस्यहरु विशिष्ठ अतिथिमा हुनुहुन्थ्यो ।
अध्यक्षमा छिरिङ मिङग्यूर शेर्पा, उपाध्यक्षमा रेविजा अधिकारी, महा सचिवमा द्रोण पराजूली, कोष अध्यक्ष्यमा राम चन्द्र बस्नेत, तथा सदस्यहरुमा खगेन्द्र भण्डारी, कुमार बहादुर कार्की, ओङ्गछु शेर्पा, दिपेन्द्र सिटौला, रेणुका खड्का, मन कुमारी बमजन, पृथ्वी कुमारी पुलामी, भीम गन्धर्व आदि निर्वाचित हुनुभएका छन् ।
कार्यक्रममा विशिष्ठ अतिथि लोक गायक तथा यस संस्कृति प्रतिष्ठानका केन्द्रिय महासचिब कृष्ण रानाभाटले कला र संस्कृति संग सम्बन्धित रहि कला संस्कृति को उत्थान तथा प्रबर्धनका पक्षमा सधै रहनु पर्ने स्पष्ठ पर्नुभयो ।
कार्यक्रमका प्रमुख अथिति बाँसुरी वादक तथा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रत्न पुलामी मगरले लोक संस्कृति भित्र सम्पूर्ण राष्ट्रको संस्कृति पर्ने भएकोले पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सम्पूर्ण गीत – संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रबर्धनमा यस प्रतिष्ठानले ध्यान पुर्याउने कुरामा जोड गर्नुभएको थियो।
नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई केन्द्रका अध्यक्ष रत्न पुलामी मगर, प्रथम उपाध्यक्ष आशिक राई, द्वितीय उपाध्यक्ष अनन्त प्रसाद अर्याल, महा सचिब कृष्ण राणा भात तथा सचिब राजकुमार राईले टीका तथा खाता लगाई कार्यकालको शभकामना तथा बधाई दिनुभएको थियो ।