निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली स्थानीय तहबाटै संकलन गर्ने
छिरिङ शेर्पा, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला तहबाट मात्रै मतदाता नामावली
संकलन गर्ने तयारी गरेको भए पनि अन्ततः मतदाता नामावली स्थानीय तहबाटै संकलन गर्ने भएको छ ।
अब आयोगले गाउँपालिकाका केन्द्रबाट नामावली संकलन गर्ने छ ।
आयोगको मंगलबारको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ ओटै जिल्ला
सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको
हो ।
निर्वाचन आयोगले यही साउन १ गतेदेखि जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने काम सुरु गरिसकेको छ ।
तर, अब नामावली संकलन गाउँ र नगरपालिकाको केन्द्रसम्म पुगेर गर्ने तथा नामावली संकलनको समयावधि पनि १५ दिन बढाएर
साउन महिनाभर तय गरिएको छ ।
राजनीतिक दलहरुले नामावली संकलनकार्य कम्तीमा गाउँपालिकास्तरसम्म पुग्नुपर्ने भन्दै आयोगलाई बारम्बार दबाब दिएका थिए ।
दलहरुको आग्रह र जनताको भावाना बुझ्दै निर्णय लिएको आयोगको तर्क छ ।
मतदाता नामावली संकलनको काम उत्साहका साथ भइरहेको दाबी पनि आयोगको छ ।
फोटोसहितको मतदाता नामावली संकलन स्थानीय तहबाटै हुने भएपछि छुटफुट भएका वा नयाँ वालिग नागरिकहरुले सहजरुपमा
नामावली दर्ता गराउने अपेक्षा आयोगको छ ।