Logo

अभिनेता बरुण धवन र अभिनेत्री अनुष्का शर्मा पहिलो पटक एकसाथ फिल्ममा


Varun Anuska

छिरिङ शेर्पा, काठमाण्डौं । बलिउड अभिनेता बरुण धवन र अभिनेत्री अनुष्का शर्मा पहिलो पटक एकसाथ फिल्ममा देखिदैँछन्।

यशराज फिल्मसको नयाँ फिल्म ‘सुई धागा–मेड इन इन्डिया ’मा यी दुई कलाकार सँगै देखिने भएका हुन्।

अनुष्कासँग पहिलोपटक जोडी बनेर खेल्न लागेकाले यो फिल्मप्रति आफु निकै उत्साहित भएको बताएका छन् ।

यो फिल्म स्वदेशी सामान प्रवर्द्धनलाई समर्थन गर्ने उदेश्यबाट प्रेरित छ।

बरुणले महात्मा गान्धीदेखि प्रधानमन्त्री मोदीसम्मले मेड इन भारतको मन्त्र जप्ने बताउँदै यहि फिल्म मार्फत आफुले देशका युवालाई

सन्देश दिने बताए।

यस फिल्मका निर्देशक शरत कटारिया छन् भने यसको निर्माण मनिष शर्माले गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्