Logo

सोलुखुम्बु जिल्लाको चुनाबी नतिजा : ४ स्थानीय तहमा एमाले, २ स्थानमा माओबादी केन्द्र र १ स्थानमा नेपाली काँग्रेस दुधकौशिका को नतिजा आउन बाँकि


 छिरिङ शेर्पा , काठमाडौँ ।  सोलुखुम्बुमा खुम्बु पासाङ्ग ल्हामु, सोताङ्ग, दुधकौशिका , नेचासल्यान, लिखुपिके, महाकुलुङ गरि ६ वटा

गाउपालिका र १ वटा दुधकुण्ड नगरपालिका गरि जम्मा ७ स्थान रहेकोमा दुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल

जाङ्गबु शेर्पा २ हजार ७५१ मत ल्याइ मेयरमा विजयी भएका हुन् ।

 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका आङइगेले झलक शेर्पाले २ हजार ६०१ मत ल्याएक थिए ।

उपमेयरमा भने नेकपा एमालेका कल्पना राई २ हजार ७६० मतसहित विजयी हाशिल गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी

छिन्डील्हमु शेर्पाले २ हजार ७१७ मत प्राप्त गरिन ।

 

यस्तै नेचा सल्यान गाउँपालिकामा नेकपा एमालेका डुफ कुमार बास्तोला १ हजार ६९८ मतसहित बिजयी बनेका छन् । उनका प्रतिस्पर्धी

नेपाली कांग्रेसका धनजन राईले प्राप्त गरेको मत १ हजार ६५६ छ । नेचासल्यानको उपप्रमुखमा भने नेपाली कांग्रेसका कुमारी घिमिरे २

हजार २ मत सहित विजयी भइन ।

नेकपा एमालेले सोलुखुम्बु जिल्लाको ४ स्थानीय तह खुम्बु पासाङ्ग ल्हामु, सोताङ्ग, दुधकोशी तथा नेचासल्यान गाउँपालिकामा जित दर्ता

गराएको छ ।

नेकपा माओवादी केन्द्रले लिखुपिके, महाकुलुङ र नेपाली कांग्रेसले सोलुदुधकुण्ड नगरपालिका जितेको छ ।  दुधकौशिका

गाउँपालिकाको अन्तिम नतिजा भने प्राप्त भै सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्