अहिले सम्म १०८ स्थानको मतपरिणाम सार्वजनिक भएकोमा नेकपा एमाले अग्र स्थानमा


छिरिङ शेर्पा, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम
निरन्तर रुपमा प्राप्त भैरहेको छ ।
आज शनिबार बेलुकी ५ बजेसम्म प्राप्त जानकारी अनुसार १८ स्थानीय तहमा नेकपा
माओवादी केन्द्र विजयी भएको छ भने नेपाली कांग्रेसले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ ।
नेकपा एमालेले सबै भन्दा बढी ५० स्थानीय तहमा विजय हासिल गरी अग्र स्थानमा रहेको छ ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तहमा बिजयी हाशिल गरेका छन् ।
यो सबै गरि अहिले सम्म १०८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
.