Logo

नेपाल खाद्य बैंक लिमिटेडका संस्थापक नाईजेरिया सरकारद्वारा सम्मानित


नेपाल खाद्य बैंक लिमिटेड

नेपाल खाद्य बैंक लिमिटेड

छिरिङ शेर्पा, काठमाण्डौं । दक्षिण अफ्रिकी मुलुक नाईजेरिया सरकारद्वारा प्रदान गरिने विशेष सम्मान गार्ड अफ अनर द्वारा

नेपाल खाद्य बैंक लिमिटेडका संस्थापक एवं संरक्षक रामराजा श्रेष्ठ सम्मानित हुनेभएका छन। नेपालमा खाद्य सुरक्षाको क्षेत्रमा

उल्लेखनिय योगदान गरेवापत श्रेष्ठलाई नाईजेरिया सरकारले उक्त सम्मान दिने भएको हो । उक्त सम्मान १५ जुलाईका दिन

नाईजेरियाका राजा ओवा अकादरी गोबादेकिजे द्वारा प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

 

नेपालमा दिनानुदिन खाद्य सुरक्षामा जोखिम बढ्दै गईरहेको र नेपाल तथा भारतका विचौलियाहरुको कारण महंगी, कृत्रिम अभाव

तथा गुणस्तरहिन खाद्यको उपभोग गर्न आम उपभोक्ता र कृषक बाध्य भैराखेको बर्तमान परिप्रेक्ष्यमा नेपाल खाद्य बैंकले भने यि

सवै समस्याहरुलाई मध्यनजर गर्दै आफ्नै सक्रियतामा यि समस्याहरुको समाधानमा कटिवद्ध रहिआएको छ। ञविचौलियामुक्त

खाद्य सुरक्षाझअभियानमा लागीपरेको यस खाद्य बैंकले सरकारसंग पनि सहयोगको लागी वारम्वार अनुरोध गरेतापनि सरकारी

पक्षबाट कहिं कतैवाट सहयोग एवं सुनुवाई नभएको गुनासो गर्दछन श्रेष्ठ। ञयदि कृषकद्वारा उत्पादित बस्तुहरुलाई सोझै सरकार

ले खरिद गरिदिए त्यसको लागी हामी समन्वयकर्ता हुन तयार थियौं, तर सरकारीपक्षको उदासिनता उदेकलाग्दो छझ श्रेष्ठले

दुखेसो पोखे। श्रेष्ठ भन्छन- यदि सरकारले विचौलियाहरुलाई निरुत्साहित गरि नेपालमा उत्पादित कृषिजन्य वस्तुलाई सोझै

उपभोक्तामाझ र बाहिरवाट आयातित सामानलाई नेपालका कृषकहरुसमक्ष सहज एवं सर्वसुलभ तरिकावाट वितरण गर्ने हो भने

नेपालमा यतिविघ्न महंगी र कृत्रिम अभाव हुने नै थिएन ।

विशेष सम्मान गार्ड अफ अनर द्वारा नेपाल खाद्य बैंक लिमिटेडका संस्थापक एवं संरक्षक रामराजा श्रेष्ठ सम्मानित
विशेष सम्मान गार्ड अफ अनर द्वारा नेपाल खाद्य बैंक लिमिटेडका संस्थापक एवं संरक्षक रामराजा श्रेष्ठ सम्मानित

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बि. सं. २०४० साल चैत्र २९ गते नुवाकोटमा एक सामान्य कृषक परिवारमा जन्मिएका रामराजा सानैदेखि नै भ्रष्टाचार, वेथिती,

अराजकता एवं कु(शाषनका विरोधी थिए। शुरुमा भारतमा आईटी सेक्टर, बैंकिङ्ग र आर्टिफिसियल ईन्टेलिजेन्समा काम

गरिसकेका छन। उनी नेपाल फर्किईसकेपछि अव नेपालमै केहि गर्नुपर्दछ भन्ने भावनाले प्रेरित भएका थिए। फलस्वरुप उनले

आफ्ना निकटस्थ साथीहरुको सहयोगमा कृषिक्षेत्र ब्यापक सुधार एवं सुरक्षाको उद्देश्यसहित नेपाल खाद्य बैंकको स्थापना गरि

हाल उक्त वैंकको माध्यम कृषकद्वारा उत्पादित वस्तुलाई उपभोक्तामाझ सरल एवं सहज पहुँचको लागी समन्वय गर्दै आईरहेका

छन। त्यस्तै बजारमा उपलव्ध आयातित खाद्यान्नलाई पनि उक्त बैंकको माध्यम आम कृषकवर्गसंगको सहज उपलव्धताको लागी

सेतुको काम गर्दै आईरहेका छन। क्षमता अभिवृद्धिका लागी केहि संख्याका युवाहरुलाई रोजगार एवं तालिमहरु दिईरहेको यस

संस्थाले भविष्यमा अझ बढी रोजगार सिर्जना गरि नेपाललाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउंदै हजारौंको संख्यामा रोजगारी

सृजना गरि युवाहरुलाई विदेश पलायन हुनवाट रोक्ने उद्देश्य रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्