Logo

आदिवासी जनजाति चलचित्र महोत्सव असार १७ देखि १९ गते सम्म


आदिवासी जनजाति चलचित्र महोत्सव

आदिवासी जनजाति चलचित्र महोत्सव

 

 

छिरिङ शेर्पा, काठमाण्डौं ।  आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा तीन दिने आदिवासी

जनजाति चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। सो चलचित्र महोत्सव यही असार १७ देखि १९ गते सम्म आयोजना हुनेछ ।

 

महोत्सवमा विभिन्न आदिवासी समुदायको फिचर, वृत्तचित्र र चलचित्र प्रदर्शन गरिने कुरा महासंघले पत्रकार सम्मेलनको आयोजना

गरि जानकारी  गराईएको छ। महासंघले जनाए अनुसार उक्त तीन दिने महोत्सवमा गुरुङ समुदायबाट ५, राई, मगर र नेवारबाट

२-२ वटा र माझी, मुगाल, राजवंशी, नागा, लिम्बु, थारु र तामाङ समुदायबाट १र१ वटा चलचित्र प्रदर्शन  गरीनेछ। यी  चलचित्र

मध्ये एउटालाई पब्लिक च्वाइस अवार्ड र २५ हजार रुपैंया राशि प्रदान गरीने र बाँकी अन्य सबै चलचित्रहरुलाई प्रोत्साहन पुरस्कार

स्वरुप ५ हजार नगद प्रदान गरीने पनि महासंघले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्