आज वर्षभरिको सबै भन्दा लामो दिन

छिरिङ शेर्पा, काठमाण्डौं । वर्षभरिको दिनहरु मध्ये आज सबै भन्दा लामो दिन हो । आजको दिन करिब करिब १३ घण्टा ५४
मिनेटको हुनेछ ।आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन छोटो र उत्तरी गोलार्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी
गोलार्धमा पर्छ । ज्योतिष शास्त्रको ग्रह गती अनुसार आज दिन लामो हुन्छ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।चैतको ७
गते र असोजको ७ गते चाहीं दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाइृ क्रमशः बसन्त सम्पात र शरद सम्पादन भन्ने गरिन्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१
जुनमा दिन लामो हुन्छ । बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा
आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ । पुस ७ गते अर्थात डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा
कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।
अन्तर्राष्ट्रिय समय अनुसार यो लामो दिन सामान्यतया जुन महिनाको २१ तारिख पर्ने भएतापनि कहिले काहि एक दिन अघि पछि पनि पर्न सक्छ ।