Logo

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन असोज २ गते हुने


स्थानीय तह दोस्रो चरणको निर्वाचनका मत परिणाम निरन्तर

 

छिरिङ शेर्पा, काठमाण्डौं । प्रदेश नम्बर २ को दोस्रो चरणको स्थानीय तह निर्वाचन असोज २ गतेका लागि सरेको छ । दोश्रो चरणको निर्वाचन प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा भने असार १४ गते हुदैँछ ।

यसअघि सरकारले पहिलो चरणको निर्वाचन बैशाख ३१ गते गरेको थियो।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १४ का लागि तय भएको दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ मा असोज २ गते गर्ने निर्णय गरेको हो ।

राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ का  सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा लागी मात्र पर सारेको हो ।

 

उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले असोज २ गते प्रदेश नं २ को निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद्को निर्णय अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो। यससँगै स्थानीय चुनाव तीन चरणमा  हुनेछ ।

प्रतिक्रिया दिनुहोस्