Logo

हलिउडका दुई फिल्ममा प्रियंका


अभिनेत्री प्रियंका चोपडाको पहिलो हलिउड फिल्म ‘बे–वाच’ युरोपियन मुलुकमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बे–वाचले समीक्षकको गाली खाइरहेको भए पनि प्रियंकालाई भने अरू दुईटा हलिउड फिल्मको अफर आइसकेको बताइएको छ ।

एउटा अन्तर्राष्ट्रिय वेबसाइटका अनुसार प्रियंका अब जिम पर्सन्स र क्लेयर डेन्सका साथ ‘अ किड लाइक ज्याक’ नामक फिल्ममा काम गर्नेछिन् । त्यसपछि उनी रिवेल विल्सनका साथ ‘इजन्ट इट’ रोमान्टिकमा अभिनय गर्नेछिन् । सिलास होवार्डको निर्देशनमा बन्ने अ किड लाइक ज्याकको सुटिङ जुन महिनामै सुरु हुने उल्लेख गरिएको छ ।

इजन्ट इट रोमान्टिको सुटिङ भने जुलाइमा हुने दाबी वेबसाइटको छ । प्रियंका अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’मा अभिनय गरेपछि पश्चिमा देशमा चर्चामा आएकी हुन् । उनले क्वान्टिकोको दुईटा सिजनमा अभिनय गरिसकेकी छिन् भने अब तेस्रोको तयारी चल्दै छ ।

प्रतिक्रिया दिनुहोस्