Logo

कलाकार कर्मा शेर्पाको म्यूजिक भिडियो सार्वजनिक


छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय कला क्षेत्रका उदाउँदो तारा, नायक तथा कलाकार कर्मा शेर्पाको नया म्युजिक भिडियो शेर्पा फिल्मस प्रा लि ले बजारमा ल्याएको छ । यस म्युजिक भिडियोको गीतमा शब्द र स्वर गायक गोम्बु शेर्पाको रहेको छ । प्राकतिक रुपमै सुन्दर जिल्ला ओखलढुंगा, जन्तरखानीमा जन्मिएका कलाकार शेर्पाले आफ्नो नयाँ म्यूजिक भिडियोहरुको छायांकन आफ्नो जन्म थलोकै विभिन्न प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थानमा गरेका छन् । जहाबाट मनोरम हिमश्रृंखलाहरु तथा प्रकतिक सुन्दरता अवलोकन गर्न सकिन्छ / यी चित्ताकर्षक द्रिस्यहरु समेटेर निर्माण गरेको यस नया म्युजिक भिडियोले दर्शकहरुलाइ आफै ओखलढुंगा पुगेको रमाइलो अनुभव दिलाउनेछ ।
 पश्चिम संस्कृतिको बढी प्रभाव परि आफ्नो कला र सस्कृति पछाडी पर्दै गएको अहिलेको अवस्थामा कलाकार शेर्पाले भने यस म्युजिक भिडियोमा शेर्पा समुदायका संस्कृति र परम्परालाई मध्येनजर गर्दै सोहि अनुसारको सुहाउदो भेषभूषा प्रयोगमा ल्याउनु यस म्युजिक भिडियोको महत्वपूर्ण पक्ष हो ।
यस भिडियोमा कैद गरिएको शेर्पा संस्कार, परम्परागत नृत्यले दर्शकहरुलाई मनोरनझन प्रदान गरेको त छ नै यसका साथै हिमाली क्षेत्रमा बसोबास गर्ने जनजाती शेर्पा संस्कृतिको प्रबर्धनमा पनि यो एक नमुना म्युजिक भिडियोले जोड दिएको छ ।
बसन्तको मनै लोभ्याउने लालीगुराँस, अरु विभिन्न फूलहरु तथा रमणीय लेकाली डाँडा पाखा को दृश्य हेर्न पाइने यस म्युजिक भिडियोमा दुखलाई भुलेर प्रेममय बाताबरणमा खुल्ला आकाशमुनि रमाइरहेका चुलबुले यूवायूवातीको दृश्यहरुले मनलाई बास्तवमै फुरुङ्ग बनाईदिन्छ ।
प्रतिक्रिया दिनुहोस्