Logo

साकेला नाच देखाउदै नेपाल किरात राईहरु


राजकुमार राई । आज बैशाख शुक्ल पूर्णिमाको दिनबाट नेपाल किरात राईहरुको साकेला नाँच सुरु भएको छ । विभिन्न ठउँमा पुर्वीय नेपालका हरेक किराँत राईहरुले आफ्नो संस्कृति झल्काउनका लागी साकेला नाच देखाउने गर्छन् । ललितपुर जिल्लाको नखिपोट स्थिति विभिन्न भेषभूषा र पहिरनमा सजिएर साकेला नाच मनाउदै गरेका किरात राईहरु भेटिए । यसलाई किरात राईहरुको भाषामा साकेवा भन्ने चलन पनि छ , तर समग्रह राईहरुले बुभm्ने भाषा साकेला हो ।

यो साकेला नाच गर्नुको मुख्य कारण आफ्ना पूर्खाहरुको सम्मान तथा सम्भनाका लागी रहेको कार्यक्रम आयोजक शान्ति देवि राईले कलाखवरलाई बताईन् । यस दिनबाट किरात राईहरुले आफ्नो पितृी तथा चुलो पुछेर नयाँ बोटबिरुवाहरु लगाउने रहेको समेत उनले जान्कारी दिइन् । पहिला किरात राईहरुको सुम्निमा र पारुहाङ् आफ्नो राजा रहेको सुम्निमालाई धर्ती तथा पारुहाङलाई आकाशको रुपमा रहेको मान्ने चलन पनि छ । यहि आकाश र धर्तीलाई खुशी बनायो भने हरेक बालीनाली सप्रिन्छ ,असिनापानि पर्दैन भन्ने महत्वपूर्ण अर्थ साकेला नाच्ले खर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्