Logo

धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको मुसहर एकीकृत बस्ती हस्तान्तरण


बर्दिबास २ मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको ५३ वटा भवन शुक्रबार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले
एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरे ।

बस्ती हस्तान्तरण कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी, महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति छन् । फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ ।

फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ । मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । देश-विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्