मिस्टर नेपालका लागि छानिए युवा

काठमाडौं – ‘मिस्टर नेपाल २०१७’ का लागि २४ युवा छानिएका छन् । देशभर विभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । ‘मिस्टर नेपाल’ स्वदेशमा आयोजना हँुदै आएका पुरुषहरूको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । यसका विजेताले नेपालको प्रतिनिधित्व गर्दै १ सयभन्दा बढी राष्ट्रको सहभागिता रहने ‘मिस्टर वल्र्ड’ मा भाग लिन पाउनेछन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोहीअनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रूपमा अगाडि बढाउन प्रतियोगिता सहायक सिद्ध हुने आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले बताए ।
१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षण जुट्ने छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटवल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विधामा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगीताको विजेताले मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्नुका साथै मोटरबाइकलगायत विभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम स्पर्धा नयाँ वर्षको वैशाखमा हुनेछ ।