Logo

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै


मिस आईडल छिरिङ्ग डोमा शेर्पा

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक बहुमुखि नारी प्रतिभा हुन् । सिलक्क परेकी शरीर,हिस्सी र हशिलो मुहारले भरेकी सुन्दर्ताको धनी शेर्पा तीन पटक सम्म मिस टयालेन्ट तथा मिस टिनेज अवार्ड २०१५ हात पार्न सफल भएकी थिइन् । हरेक कला र प्रतिभाले निखारीएकी २०१५ मा मिस एलिगेन्ट समेत भएकी थिइन् । सानैदेखि कालाकारीता क्षेत्रलाई रुचाउने, उनी नृत्य तथा अभिनयमा पोख्त हुनु भगवान र प्रकृतिको वरदान साबित भएको बताउछीन् ।
जनजाति भित्रको पनि शेर्पा समुदायमा हुर्केकी उनले ढेड दर्जन भन्दा पनि बढी म्यूजिक भिडियोमा अभिनय गरीसकेकी छन् । भर्खरै मात्र लोक गायक मन बहादुर कुलुङको माथिमा पर्याे गीतमा उनले सुनौलो अफर पाएकी थिइन् । उनमा नृत्यकला तथा अभिनय राम्रो भएका कारण बढी अफर आएको निर्देशकहरु बताउछन् । यति राम्रो प्रतिभा भएर पनि उनमा अहम्ता र घमण्डको आभाष भने कहिल्लै भेटिदैन । तर आफू शेर्पाको छोरी भएर पनि यस समुदायले सहयोग नगरेको प्रति भने उनि गुनासो पोखाउ छिन् । कलाकारीता क्षेत्र भन्दा पनि बढी टेकिङ्क, डाक्टर, पाईलट तथा ईन्जिनियर जस्ता पेषामा शेर्पा जाति बढी होमिएको उनले बताए । यो अवस्थामा आफुले भने कुनै नयाँ खालको क्रियाकालाप गरेर गरेर देखाउने इच्छा भएको बताईन् ।
जनजातिको आखाँ सानो हुने र एक्टीङ नखुल्ने भन्दै सुरुसुरुमा कसैले नपत्याएको र पछि अभिनय देखेपछि मात्र सबै लोभिएको उनि बताउछन् । कुनै समुदाय जाति विषेशको धर्म संस्कृतिलाई मात्र अँगाल्लु भन्दा पनि सबै संकृतिलाई माया गर्नु हुरेक कलाकारको दायित्व भएको उनले बताए,। आजभोलि कला हुने भन्दा पनि, पैसा हुनेले बढी स्थान पाएको र जसले गर्दा कलाकारीता क्षेत्रलाई स्थान नपाएको समेत शेपाले बताए । मोड्ङ्गिमा राम्रो छाप बसाई सकेका शेर्पा अब भने ठुलो फिल्म तथा मिडिया क्षेत्रमा समेत छिर्ने इच्छा रहेको बताउ छिन् ।

प्रतिक्रिया दिनुहोस्