Logo

दस लाखकी नीता


अभिनेता निखिल उप्रेतीले केही समयअघि आफ्नो पारिश्रमिक २० लाख रुपैयाँ भयो भने वर्षमा दुईवटा मात्र चलचित्रमा अभिनय गर्ने घोषणा गरेका थिए । अहिले आएर अभिनेत्री नीता ढुंगानाले पनि त्यस्तै अभिव्यक्ति दिएकी छिन् । नीताले आफूलाई एउटा चलचित्रका लागि १० लाख रुपैयाँ दिने हो भने वर्षमा दुईवटा चलचित्रमा मात्र अभिनय गर्ने तथा म्युजिक भिडियोमा कामै नगर्ने घोषणा गरेकी छिन् । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘निर्भय’ बाट उत्साहित नीता चलचित्रसँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन् । चलचित्रबाट अपेक्षा गरेजस्तो पारिश्रमिक नपाइने भएकैले आफूले बाध्य भएर म्युजिक भिडियोमा अभिनय गर्नुपरेको नीताको तर्क छ । अभिनेता उप्रेतीलाई २० लाख रुपैयाँ पारिश्रमिक दिन कुनै निर्माता तयार भैनसकेको अवस्थामा नीतालाई १० लाख पारिश्रमिक दिन कुन निर्माता अघि आउलान् त ?

प्रतिक्रिया दिनुहोस्