Logo

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।


लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब डिवानको संगीत रहेको आफ्नै सयोजनमा आकाशैबाट के उडी आयो, बोलको गीतमा म्युंजिक भिडियो बजारमा ल्याएको छ । रोशन तामाङको निर्देशन, मनिषा र सञ्जयको मुख्य अभिनय तथा एक दर्जन भन्दा पनि बढी कोरसले भरिएको यो म्युजिक भिडियोमा धेरै रमाईलो पनको आभाष पाउन सकिन्छ ।
संखवासभा जिल्लालाई आफ्नो जन्म थलो बनाएका कुलुङ्ले यस संगीत क्षेत्रमा सोह्रौ वसन्त पार गरी सकेका छन् । करिब पाँच दर्जन भन्दा पनि बढी संगीत संयोजन गरि सकेका कुलुङ् आफै संगीत पारखी तथा विज्ञ भएका कारण उनलाई गीत गाउन त्यति गाह्रो भने लाग्दैन नै । रसिलो र हशिलो मुहारले लाखौ दर्शकको मनलाई खिच्न सक्ने कुलुङ् संगीत संयोजकबाट अन्तिममा लोक गायक सम्म बन्न पुगे ।
वि.स.२०६३ सालदेखि सांगीतिक क्षेत्रमा छिरेका कुलुङ् धेरै अनुभबले खारिएका संगीतकर्मी हुन् । यी अनुभब र दक्षताको कारण अहिले उनि संगीत संयोजनमा निकै ब्यस्त हुन थालेका छन् । लामो समयको त्याग तपश्या तथा धैर्यतासंगै आफ्नो मिहेनत र क्षेमताले गर्दा उनलाई प्रशस्त कमाउन पनि थालेका छन । गीत संगीतबाट बाच्न निकै चुनौति र कठीन छ, भन्नेहरु प्रशस्तै छन् । तर मिहेनत, ईमानदारीता तथा धैर्यतालाई निरन्र्ता दिन सक्यो भने यो क्षेत्रमा पनि रामै्र भविष्य भएको उनले बताए ।         <iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/vBzhcBx4hzs” frameborder=”0″ allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस्