सांगीतिक आकाशमा उदाउदो तारा बने सनम पुरुष
भोजपुर जिल्लामा जन्मनु भएको सनम पुरुष आज उदाउदो तारा बनेका छन् । प्रकृति प्रेमि, शान्त स्वभाब तथा सहयोगि भावना भएका सनमले करिब तीन वर्षदेखि सांगीतिक क्षेत्रलाई आफनो करिअर बनाएर अगाडी बढेका छन,। उनले २०० भन्दा बढी लोक आधुनिक,पप तथा बिभिन्न गीतहरुमा संगीत बढी सकेका छन । उनी गायक, तथा गीतकार अनेक भएता पनि दर्शक स्रोता माझमा आफुलाई बने संगीतकारको रुपमा नै चिनाउन चाहेको बताउ छन । ओम प्रकाश राईको प्रभाबले गर्दा उनी गीतकारबाट संगीतकार बन्न सफल भएको उनी स्मरण गराउन चाहान्छन । संगीत विधालाई निरञ्तरता दिने उद्देश्यले २०७० सालमा उनले राजधानी प्रवेश गरे । सनामले राजधानीका सबै चर्चित हलहरुमा आफनो सांगीतिक प्रस्तुति जमाउदै हजारौ दर्शकको मनलाई समेत जितिसकेका छन । गीत—संगीतलाई रेकर्ड गर्दै कलेकसनको रुपमा राखेका सनमले आफनो एकल संगीतमा अब भने एकै साथ पाँच वटा एल्बम दर्शक स्रोता माझमा ल्याउन लागेका हुन ।
परिवारको साथ सहयोग तथा साथी भाईको मायाले गर्दा उनमा गीत संगीत क्षेत्रको लागी एउटा उर्जा मिलेको बताउछन । दामको भन्दा पनि राम्रो कामको जहाँ पनि प्रशंसा नै हुन्छ । जसको परिणाम तथा उदाहरणीय ब्याक्ति हुन सनाम पुरुष । आज नयाँ— नयाँ गीत संगीत तथा रेकर्डडिङ्गमा उनी भ्याईनभ्याई भएका छन । नयाँ कलाकारहरु मात्र नभएर पुरानाले समेत पुरुषको शब्द संगीतमा सुमधुरता तथा साह्रै मीठास रहेको बताउँछन । संगीतकार पुरुष सांगीतिक यात्रामा उक्लिदा सुरुमा अनेक संघर्ष तथा कठीनाईसंगै आफू पनि संगीतकारबाटै ठगीएको कारण अगामी नव कलाकारहरुलाई पनि तेसो हुनबाट सचेत रहन अनुरोध गर्न चाहान्छन । साथै गीतसंगीत एउटा फलामको चिउरा चपाउने सरह भएकोले केही जानेर अथवा बुभmेर मात्र यस क्षेत्रमा आउन समेत उनले अनुरोध गर्न चाहान्छन ।