Logo

नोबेल साकोस साहित्य संस्थाद्वारा गीता अर्यालको कवित सङ्ग्रह लोकार्पण


 

कलाखबर,४ माघ–काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले गीता अर्याल द्वारा लिखित “पर्खाल भित्रको जून” कवित सङ्ग्रह लोकार्पण गरेको छ । साहित्यकार तथा कयवत्रि अर्यालको “पर्खाल भित्रको जून” कवित सङ्ग्रहमा ९७ वटा कविताहरू समावेश गरिएका छन् । कयवत्रि अर्याललाईं पनि संस्थाले फूलको माला र ताम्रपत्र सहित सम्मान गरेका हुन् ।

 

 

शनिबार राजधानी काठमाण्डौंको नयाँ बानेश्वर स्थित रत्न पुस्तकालयको प्राङ्गणमा नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष श्री राजन प्रसाद न्यौपानेको सक्रिय ब्यवस्थापन र संस्थाका संस्थापक सदस्य श्री रोहित कार्कीको अध्यक्षता सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री राधेश्याम लेकाली प्रमुख आतिथिको रुपमा रहनु भएको हो ।

संस्थाले प्रमुख अतिथि श्री राधेश्याम लेकालीलाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरेको छ । सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको विषयमा प्रा.डा. श्री गोविन्दमान सिंह कार्कीले प्रभावकारी ढङ्गले प्रकाश पार्नु भएको थियो ।

संस्थापक सदस्य श्री सूर्य तामाङको स्वागत मन्तव्य र श्री बिष्णु गुरूङको देशभक्ति गीतबाट सुरू भएको कार्यक्रममा डा. श्री दामोदर पुडासैनी, श्री पुष्प रञ्जित, श्री देवी पन्थी, श्री गीता अर्याल, श्री कविराज घिमिरे, श्री निर्मल रमण पराजुली, श्री पुष्प लुईंटेल, श्री शम्भु गजुरेल, श्री मीना अर्याल, श्री द्वारिका कुईंकेल लगायत २० जना विद्वान साहित्यकारहरूले आ–आफ्नो मन्तव्य र कविता वाचन गर्नु भएको थियो ।

 

सोही कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान दिनु हुने श्री एञ्जेलिना न्यौपाने, श्री सुरेशचन्द्र घिमिरे, श्री सुनिता बराल, श्री कविराज घिमिरे र श्री दल बहादुर नेपाली संस्थाबाट सम्मानित हुनु भएको थियो। कार्यक्रमको अन्त्यमा विशेष अतिथिहरूलाई संस्थाको तर्फबाट “ मायाको चिनो “ प्रदान गरिएको थियो। सौहार्द वातावरण र सयौको संख्यामा उपस्थित साहित्य सर्जकहरुको बाग्लो उपस्थितिले कार्यक्रम निकै रोचक र सफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्