Logo

आजबाट काठमाण्डौं उपत्यकामा निकै कडाइ, २ सय ५० भन्दा बढी गाडी कारबाहीमा


१४,जेष्ठ–काठमाण्डौं । आजबाट काठमाण्डौं उपत्यकामा निकै कडाइ गरिएको छ । बिहानैदेखि अहिले सम्म करिब २ सय ५० भन्दा बढी गाडी कारबाहीमा परिसकेका छन् । पास भएका गाडी तथा अत्यावश्यक सामान ओसारपसार गर्नेबाहेक अन्य गाडीलाई चलाउन दिइएको छैन ।

उपत्यकाका चोकचोकमा बिहानै प्रहरी खटिएका छन् । बिहान पास नबोकी हिँड्ने २ सय ५० भन्दा धेरै गाडीलाई प्रहरीले होल्ड गरेको छ । २ सय ३ वटा दुई पाङ्ग्रे गाडी, ४८ वटा चार पाङ्ग्रे, सात वटा ट्याक्सी र १५ वटा अन्य ठूला गाडी होल्ड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काम नपरि हिँड्ने मानिसलाई पनि होल्ड गरिने प्रहरीले जनाएको छ । प्रहरीले नियम अटेरी गर्नेलाई कारबाही हुनेछ । काठमाण्डौ उपत्यकामा आजदेखि खाद्यान्नका पसलसमेत बन्द गरी कडाइ गरिएको छ । आजबाट अनावश्यक रुपमा हिड्ड्ल गर्नेलाई पनि कारबाही गर्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्