Logo

चितवनको नारायणगढ मुग्लिनमा यात्रु सहितको दुई बेपत्ता,त्रिशुली नदीमा खसेको आशंका


२८,असार–पोखरा । नारायणगढ–मुग्लिन सडकको सिमलताल पहिरोमा यात्रुसहितको दुई बस बेपत्ता भएको छ । बस त्रिशुली नदीमा खसेर बगाएको आशंका गरिएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ ।

पानी परिरहेकाले उद्धारमा समस्या भई रहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले यकिन विवरण भने आई नसकेको बताए । अहिले खोजी कार्य जारी रहेको छ, उहाँले भन्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्