अदालतले राम बहादुर बम्जनलाई दोषी ठहर गर्दै दश बर्ष कैद र पाँच लाख जरिवाना सुनाएपछि बोधी श्रवण धर्म संघको पत्रकार सम्मेलन

१९,असार–काठमाण्डौं । बालिकामाथि यौनजन्य कसुर गरेको ठहर गर्दै रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति सजाय फैसला गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश फैसला गरेको हो । सोही फैसला अन्यायपूर्ण र बदनीयतपूर्ण ढंगले धर्म गूरु राम बहादुर बोम्जनलाई फसाउन मात्र खोजिएको भन्दै बोधी श्रवण धर्म संघले मंगलबार भृकुटी मण्डप काठमाण्डौंमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अधिकांश भक्ताहरुले लाचारिपन सरकारले अनाहकमा अनावश्यक लान्छाना लगाएर षयन्त्रपूर्वक फसाउन खोजेको आरोप लगाएका छन् ।
गौतम बुद्ध भन्दा पनि कलिलो र ११ बर्षकै चोखो उमेरमा तपस्या गरि परिवार र संसारिक मोह त्यागेर अध्यात्मीक धर्म गुरु बनेका बम्जनलाई कुनै सस्था,व्यक्ति र समुदायले देख्न नसकेर जानी जानी एउटा रचनात्मक सयन्त्रपूर्ण ढंगले फसाउन खोजेको उनीहरुले आरोप लगाएका छन् । सम्मानीत अदालतले निष्पक्ष छानवीन गर्छ र निर्दोषलाई न्याय दिन्छ भन्ने आशा र पर्खाइमा बसेको तर जिल्ला अदालतले त्यो नगरेर न्याय मारेको उनीहरुले बताइएका छन् । अझै पनि न्याय पाउने ठाँउ पुनरावेदन अदालत र सर्वोच्च अदालत रहेकाले केही आशा रहेको र धर्म गुरुको आज्ञापालन अनुसार कुनै आन्दोलन र नाराजुलुसमा संघ नउत्रिएको उनीहरुको भनाई रहेको छ ।
महासम्बोधी धर्म संघ, महा दयानाथ लोपम,गुरुज्यू माथी अनेक किसिमको संगिन आरोपको भरमा असोचनीय,अकल्पनीय,घृणित, जगन्य कपोलकल्पित,बनावटी,चरित्रहीन,अपमानित,अपशब्दहरुद्वारा दुषप्रयास पूर्ण कानुनी व्यावस्थामा समेत हदम्याद नागेका विना प्रमाणको भरमा कुनै व्यक्तिलाई प्रयोग गरि सवार्थ पुरा गर्न रचिएको षड्यन्त्रपूर्ण आरोपितको आधारमा निर्दोष पवित्र महान गुरु माथी अन्यायीपूर्ण सम्मानित जिल्ला अदालतको मिति २०८१/०३/१० को फैसालाले दोषी ठहर गरि मति २०८१/०३/१७ गतेको पूर्ण फैसलाले १० बर्ष जेल चलान र पाँच लाख जरिवाना समेत भनि तोकिएको आदेशले कुनै एक समुदाय र राष्ट्रमात्र नभई विश्वमा समेत एक तरङ्गीत पैदा हुन पुगेकोमा धार्मिक,सामाजिक, अशान्ति,आतंकीत भ्रमपूर्ण निर्णयमा पूर्ण सचेत
र धर्यधारण शान्तता एकता मित्रता शान्ती धर्म मार्गमा अडिक भई सत्यता एकरुपताको आवश्यकतामा सजक रहन विश्व मानव समुदायमा पूर्ण आव्हान गर्दै अझै पनि सम्यंमता पूर्ण रहन मैत्री अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ । बोधी श्रवण धर्म संघले पत्रकार सम्मेलनका लागी मंगलबार देशभरका आश्रमबाट विभिन्न जिल्लाका अनुयायी धर्म गुरुहरु उतारेका छन् । भृकुटी मण्डपको खुल्ला चौउरमा आयोजित पत्रकार सम्मेलनमा असारे मासको ठूलो पानीभित्र रुच्दै छाताको भरमा उनीहरु बसेका छन् । दिनभरी परेको ठूलो पानीले कार्यक्र नै प्रभावित बनाएको छ ।
बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएको थियो । सोही मुद्दामा बम्जनलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छ ्। ‘लिटिल बुद्ध’समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएपछि यो घटना सतहमा आएको हो । उनीमाथि आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप समेत रहेको छ ।