Logo

बुल मेसिन इन्डिया प्रा.लि द्वारा काठमाण्डौंको ललितपुर, सानेपामा नयाँ शाखा बिस्तार


२४,असार–काठमाण्डौं । बुल मेसिन इन्डिया प्रा.लि.को नेपालमा अवस्थित आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.ले आफ्नो शाखा कार्यलय बिस्तार गरेको छ । नेपालमा रहेको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.ले सोमबार आफ्नो कर्पोरेट कार्यालय नेपालको ललितपुर, सानेपा स्थित गायत्री भवनमा शुभारम्भ गरेको हो । रिवन काटेर विधिवत रुपमा औपचारिक कार्यक्रमका बीच अटोवेज प्रा. लि. की निर्देशक शन्ध्या पौडेल,निर्माण व्यवसायीक महासंघ नेपालका अध्यक्ष रबि सिंह र फेवा कन्सट्रक्सनका अध्यक्ष विष्णु कोइरालले संयुक्त रुपमा उक्त शाखाको उदघाटन गरेका हुन् ।

अटोवेज प्रा लि ले केही बर्षदेखि नेपालको पोखरामा मुख्य कार्यलय स्थापना गरि विभिन्न ब्यवसायमा एक अग्रणि औद्योगिक घरानाको रुपमा लगानी गर्दै आएको छ । पोखरामा अटोबेज प्रा लि, मणिपाल टिचिङ्ग अस्पताल, स्विफ्ट ट्राभल , होटेल , हाइड्रोपावर, प्रतिभा कलेज,र बिगत २५ बर्ष देखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्रि बितरण गर्दै आइरहेको छ । नाफामुलक ब्यावसायमा लगानी गर्दै आएको कम्पनीले हाल सम्म सबै क्षेत्रमा सफलता हाशिल गर्दै आएको छ ।

सोमबार उक्त कम्पनीको पाचौं शाखाको रुपमा काठमाण्डौंमा उदघाटन गर्दै निर्देशक सन्ध्या पौडेलले कम्पनीको बिक्रि, र बिक्रि पछिका सम्पूर्ण सेवाको सुभारम्भ एकै स्थानबाट उपलब्ध हुने बताउनु भयो । साथै अहिले कम्पनीले देशका चारवटा जिल्लामा शाखा विस्तार गरेर सेवा प्रवाह गर्दै आइरहेको र आगामी एक बर्ष भित्र नेपालभरीका प्रमुख सबै सहर हरुमा बुल मेसिनको बिक्रि सेवा सुभराम्भ गर्ने लक्ष रहेको बताउनु भयो । बुल मेसिन भित्र ठूला ठूला रोड खन्न र बनाउन सक्ने सुविधा सम्पन्नयुक्त डोजर र अन्य गाडीहरु खरिद गर्न सकिने उहाँले बताउनु भयो । सो अवसरमा निर्देशक पौडेलले आगामी एक बर्ष भित्रमा नेपालका प्रमुख सम्पुर्ण सहरहरुमा अटोवेजको शाखा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै २४ घण्टा ¥यापिड एक्सन टिम सर्भिसको लागि नेपालको जुनसुकै भुभागमा पुग्न तयारी अवस्थामा रहेको कुरा समेत जानकारी गराउनुभयो । हाल पोखरामा मुख्य कार्यलय रहि सेवा प्रवहा गर्दै आएको कम्पनीले काठमाडौ स्थित शुभारम्भ गरेको नयाँ कर्पोरेट कार्यलय ओटोवेजले चितवन, बुटवल , इटहरी र दाङ मा यस अगाडि नै आफ्नो शाखा बिस्तार गरिसकेको छ । बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावर देखि १०० हर्ष पावर का ब्याकु लोडर, लगाएत विभिन्न निर्माणकार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु शाखाबाट बिक्रि बितरण हुने भएका छन् ।

कर्पोरेट कार्यालयको समुद्घाटन गर्दै महासंघका अध्यक्षले नेपालभरी यसको प्रभावकारी सेवा पुगोस भनि शुभकामना ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्नुभयो । अटोवेज ग्रूपका अध्यक्ष नारायण प्रसाद पौडेलले शुभकामना सन्देश पठाउनु हुँदै आजसम्म ग्राहक माहानुभावहरुले अटोवेज प्रती देखाउनुभएको बिश्वासले नै आजको दिन यो स्थानमा पुगेको र आगामी दिनमा अझै ग्राहकसंग हातेमालो गर्दै अगाडी बढ्ने र मन जित्न अनवरत रुपमा लागिरहने बताउनु भयो ।

फेवा कन्सट्रक्सनका अध्यक्ष विष्णु कोइरालाले यस्तो खालको सर्भिसले कुनैपनि निर्माण कार्यमा प्रयोग भएका मेसिनहरुमा अवरोध नहुने र तोकिएको समयमा फाईदा लिन सकिने विश्वास व्यक्त गर्नुभयो । उदघाटन कार्यक्रममा बुल इन्डिया प्रा.लि.का कन्ट्री हेड ब्रिजेश पाण्डे, राकेश पण्डित,काठमाण्डौका विभिन्न ब्याबसायीक घरानाका प्रतिनिधीहरु,निर्माण व्यवसायी महासंघका प्रतिनिधीहरु, इष्ट लिंक मोर्टसका म्यानेजिङ्ग डाइरेक्टर राजेन्द्र विक्रम पौडेल,समाजसेवीहरु,अटोवेज प्रा.ली.नारायणघाट शाखा प्रमुख इन्द्र रेग्मी, पोखराबाट प्रमुख म्यानेजर बाबुराम खनाल,चिफ फाइनान्स अफिसर कुल बहादुर खत्री,यस कार्यलयका सेल्स हेड मिन्टु कुमार झा,सर्भिस म्यानेजर आशिष राज गुप्ता लगाएतका सफल ब्यावसायीहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्