Logo

प्रचण्डले तत्काल राजीनामा नदिने


असार,१८–काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् । एमाले र काँग्रेसले नयाँ संयुक्त सरकार निमार्णको कार्य थालेसँगै ओलीले प्रचण्डलाई भेटेर तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । सके सम्म ओली आज नै सपथ लिने तयारी छन् ।

तर प्रचण्ड भने तत्काललाई राजनीतिक परामर्शमा जुटेका छन् । उनले आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुसँग पनि छलफल गर्न बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने बिषयमा छलफलमै रहेको स्रोतले बताएका छन् ।

‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मुड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ । त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।

प्रतिक्रिया दिनुहोस्