प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाए, के बिषयमा बस्दैछ बैठक ?
२० माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार ११ बजेका लागि बैठक बोलाएको जनाइएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सावकोटाले फिर्ता पठाएका नियुक्ति सिफारिस पत्रको विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका थिए ।
प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहित संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।
सिफारिस फिर्ताप्रति राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ती जनाएका थिए । उनले न्याय र परिषदप्रतिको हमला समेत बनेका छन् ।