Logo

प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित डा. गोविन्द केसी माईतीघर मण्डलामा


 

२५,पौष–काठमाण्डौं । प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदमको विरोधमा डा. गोविन्द केसी लगायतले आन्दोलन गरेका छन् । प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित शनिबार उनीहरुले माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग उनीहरुले् आफ्नो नारामा समेटिएका छन् ।

त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा। केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली वैध प्रधानमन्त्री नभएको बताए । ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप थियो ।

अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसको विरोधमा संसदमा एक दर्जन रिट दर्ता भएका छन् । अहिले अधिकांश शक्ति ओलीको बिरोधमा उत्रिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्