Logo

अमेरिकन राष्ट्रपतिमा जो बाइडन निर्वाचित


 

कलाखबर संवाददाता,२३,कात्तिक–काठमाण्डौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । निर्वाचन भए लगतै उनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिने प्रतिबद्धता दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । एकअर्कालाई सुनौं । आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं ।

उनले आफूलाई भोट नदिनेहरुका लागि पनि उत्तिकै मेहनतका साथ काम गर्ने प्रतिबद्धता जनाए । आशावादी सम्बोधन गरेका उनले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । रिपब्लिकन र डेमोक्रेटको रुपमा अमेरिका बिभाजित नहुने बताउँदै उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्ने छु । मैले रातो र नीलो राज्यको रुपमा हेर्दिनँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै मिलेर काम गर्ने छौं । आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गरे ।

आफूले विभाजन नभई एकताको लागि काम गर्ने उनले बताए । बाइडनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु जसले फुटाउने होइन, जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोसिस गर्ने छु । बाइडनले पहिलो काम कोरोना महामारी नियन्त्रणको लागि गर्ने योजना पनि सुनाए । उनले भने, ‘सोमबार एक टोली घोषणा गर्ने छु, जसमा कोरोना नियन्त्रणको योजनाका लागि काम गर्ने शीर्ष वैज्ञानिक र विशेषज्ञ हुनेछन् ।

उनले कोसिस गर्दा कुनै कुरामा अमेरिका असफल नभएको पनि बताए । डोनाल्ड ट्रमले आफूलाई चुनाव जिति सकेको केही दिनमा नै घोषणा गरे पनि अन्तत उनले पराजय बेहोर्नु पर्यो । ट्रमले आप्mनो साशानकालमा एकलौटी निर्णय गरेकाले पनि उनलाई जनताले रुचाएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्