Logo

आज १९११ जनामा कोरोना देखिए,अब फेरि जोखिम बढेकै हो ?


कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं। अहिले सम्मकै फेरि दोस्रो चोटी धेरै संख्यामा कोरोना संक्रमित देखिएको छ । अत्याधिक रुपमा कोरोना संक्रमित थपिए पछि खतराको संकेत देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् ।

जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस्