Logo

कोरोनाबाट मरेका मान्छेको अंग झिकेर बेचिन्छ भन्ने अभिव्यक्ति दिने क्रिश्चीयान धर्मका विश्वासी पास्टर पक्राउ


कलाखबर संवाददाता,२२ भदौ–काठमाण्डौं । विभिन्न सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मरेका मान्छेको अंग झिकेर बेचिन्छ भन्ने अभिव्यक्ति दिने सुवास सुब्बा लिम्बु पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने लिम्बुले विभिन्न युट्युब च्यानलमा अन्तरबार्ता दिदै सो कुरा बताएका हुन् । बीना प्रमाण उसले अफवाह फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको छ । रिसर्च सेन्टरको नाममा विभिन्न धन्दा गरेको पाइएको छ ।

उनले नेपाल सरकार द्वारा अनुमति र दर्ता नभएका औषधी सोझा साझा जनतालाई झक्याई महंगोमा औषधी विक्री गर्न गरेका थिए । उनी अन्तिम विकल्प ट्रिटमेन्ट एण्ड रिर्सच सेन्टर प्राली नखिबोट, ढोलाहिटी ललितपुरका संचालक समेत हुन् । आयुर्वेदीक उपचारद्धारा पत्थरी, किड्नी, प्राणघातक क्यान्सर,एचआईभि एडस् जस्ता जटिल रोगको सफल उपचार गर्ने सक्ने भन्दै विभिन्न युट्युवमा भ्रमक कुराहरु गर्ने गरको प्रहरीको भनाई छ । उनले कोभिड–१९ को खोप बनाएको दाबी समेत गरेका थिए ।

उनी क्रिश्चीयान धर्मका विश्वासी पास्टर समेत हुन । लकडाउनको मौका छोपी एम्बुलेन्सको दुरुपयोग गरी देशभरि आफ्नो कम्पनीमा उत्पादित निकै महंगो औषधी डेलिभरी गर्न गरेका छन् । त्यहाँ उपचारका लागी देश विदेश वाट सैयौको संङख्यामा मानिसहरु आउने गरेका छन् । उनले एउटै भिटामिन ५००० देखि १५००० सम्ममा विक्री गर्न गरेको पिडितहरुले बताएका छन् । जुन भिटामिन औषधी व्याबस्था विभागमा दर्तामै छैन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।

पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्