Logo

कुलमानलाई नेपाल बिद्युत प्राविधिकरणको कार्यकारी प्रखुखमा दोहोरयाउने मन्त्री पुनको तयारी


कलाखबर संवाददाता,१५ भदौं –काठमाण्डौं । कुलमान घिसिङलाई फेरि नेपाल विद्युत प्राविधिकरणको कार्यकारी प्रमुखमा दोहोरयाउन ऊर्जामन्त्री बर्ष मान तयार भएका छन् । यही भदौ २९ गतेदेखि कार्यकाल सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई निरन्तरता दिने गरि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अन्तिम तयारी गरेका छन् । उनले घिसिङलाई उक्त पदमा निरन्तरता दिनेगरि प्रस्ताव तयार पारिसकेको उनका सचिवालयले जानकारी दिएका छन् ।

घिसिङको पक्षमा आम जनमाहोवल उर्लिए पछि उनलाई पुन नियुक्ति दिन सरकार तयार रहेको हो । यदि उनलार्ईं नियुक्ति नगरेमा आन्दोलन समेत चर्काउने विभिन्न अभियन्तहरुले घोषणा गरि सकेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली अहिलेपनि घिसिङलाई निरन्तरता दिनेबारे सकारात्मक देखिएका छैनन् । तर, मन्त्री पुनले घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेको र यस सम्बन्धमा प्रधानमन्त्री ओलीलाई पनि पूर्व जानकारी गराईसकेका छन् ।

मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि घिसिङलाई निरन्तरता दिनेबारे छलफल गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । माहोल पनि घिसिङकै पक्षमा देखिएकोले उनलाई निरन्तरता दिन विज्ञहरुले पनि आवाज उठाईरहेका छन् ।

घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट छन् । तर अधिकाशं जनतन ओलीको विरुद्धमा यो महामारीको बेला फेरि सडकमा आउने डरले पनि कुलमानलाई पुनरवहाली गर्ने पक्षमा ओली बाध्य हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्