Logo

चार बच्चाकी आमालाई श्रीमानले छोडेपछि बच्चाको बिजोक,बाटोमा मकै बेचेर बिहान बेलुकाको गुजारा गर्न बिवश


कलाखबर संवाददाता,२७ साउन–काठमाण्डौं । उदयपुर जिल्लाको सुरुङ छविसे वडा नं २ स्थायी घर भएकी निर्मला रशैलीलाई श्रीमानले छोडेपछि बिचल्लित अवस्थामा पुगेको छ । चार बच्चाकी आमा हाल बिहान र बेलुकाको छाक टार्न समेत गाह्रो भएको छ । तीन छोरी र एक छोराकी आमा उनलाई श्रीमानले अचनाक छोडेपछि बाटोमा मकै पोलेर बेच्दै बिहान र बेलुकाको छाँक टार्दै आएकी छन् ।

हाल उनी सुन्दरीजलको दोबाटोमा जस्ताको छाप्रोमुनी ४ जना बच्चा सहित बस्दै आएकी हुन् । उनको अवस्था निकै नै नाजुक भएको कलाकार तथा समाजसेवी गोकुल रोक्काले बताउनु भयो । लकडाउनको अवधीदेखि यता समाजसेवी गोकुल रोक्काले रसैलीलार्ई पुग्दो र आवश्यक खाद्य सामाग्री उपलब्ध गराई सकेका छन् ।

२०६९ सालमा उदयपुरकै दिपक रसैलीसँग विवाह बन्धन्मा बाधिएकी उनलाई २ बर्षयता श्रीमानले छोडेको समाजसेवी रोक्काले कलाखबरलाई जानकारी दिए । श्रीमान बेपत्ता भएपछि अहिले उनको अवस्था निकै नाजुक रहेकाले सबै मनकारीहरुसँग सहयोग आफूले सकेको सहयोग गर्न पनि रोक्काले अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्