Logo

सरकारले लागु गरेको जोरबिजोरमा सरकार आफै कहाँ चुक्यो ? प्रशासन बन्द भएपनि सडकको जाम उस्तै


 

कलाखबर संवाददाता,२५,साउन–काठमाण्डौं । सरकारले लागु गरेको जोरबिजोर प्रणालीमा सरकार आफै नै चुकेको छ । पहिलेको जस्तै अहिले पनि सडकमा सावारीसाधन जाम भएको छ । कोरोनाको निहँुमा सरकारी कार्मचाहरुले सेवालाई थाती राखेर आराम गर्ने अवसर पाएका छन् । अहिले सडकमा निजी तथा सार्बजनिक दुवैको चाप उच्च देखिएको छ ।

राजधानीका सडकमा आइतबार बिजोर नम्बर प्लेटको सवारीसाधन चल्ने भएपनि प्रहरीको आँखा छल्दै जोर नम्बरका सवारीसाधन पनि उल्लेख्य रुपमा चलेका छन् । यद्यपि चोकचोकमा प्रहरीले चेकजाँचमा कडाइ गरिरहेको छ । शुक्रबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

तर, जिल्लाका अन्य सरकारी सेवाहरु, उद्योग कलकारखाना, सार्वजनिक यातायात लगायतले दिने सेवाहरु भने निर्वाध सञ्चालनमा रहेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारी तहबाट अत्यावश्यक अवस्थामा बाहेक हिँडडूल नगर्न निरन्तर आग्रह हुँदै आएपनि सडकमा भिडभाड उस्तै देखिन्छ । शनिबारसम्मको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा शनिबारसम्म एक हजार ४४ जना संक्रमित भेटिएका छन् । तीमध्ये ८ सय ६ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ३७ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लकडाउन खुला भएसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको हो। यस्तो महामारी फैलिदा पनि सरकार किन निरीह भएर बसेको होला ? नाम मात्रको लकडाउन गर्नु भन्दा सेवाग्राहीहरुलाई सेवा दिएको भए हुन्थ्यो नि ? यहाँनिर जनताको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्