Logo

बिनाशकारी २०७२ सालको भुकम्पले छेदबिच्छेद ३०० बर्ष पुरानो देछेन छोलिङ गुम्बा निर्माण कार्यमा ढिलाइ


राज कुमार राई ,२६ असार – सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुन्डा नगरपालिका(३ लोदिङमा अबस्थित देछेन छोलिङ्ग गुम्बा, निर्माण कार्यमा ढिलाइ भएको छ । ३०० बर्ष पुरानो ऐतिहासिक महत्व बोकेको यो गुम्बालाई २०७२ सालको भुकम्पले छेदबिच्छेद बनाएका थिए । ३०० बर्ष भन्दा अगाडी निर्मित उक्त गुम्बालाई पुरातत्त्व बिभागको मापदण्ड अनुसार गरी पून निर्माण गर्नु पर्ने भनी सूचना जारी गरिएको थियो । राष्ट्रिय पुर्ण निर्माण प्राधिकरणले समेत उक्त गुम्बालाई पुर्ण निर्माणको लागि भनी कार्यलयको अभिलेख क्रम सङ्ख्या १३९४ मा समाबेश गरिएको छ।

तर भुकम्प गएको ५ बर्ष हुन लाग्दा पनि गुम्बा निर्माणको लागि कुनै पनि कदम नचालेको हुँदा केहि सम्बन्धीत सरोकारवालाहरुले चासो राख्न थालेका छन् । सरोकारवालाहरुको सक्रिय सहभागितामा सोधपुछ गर्दा सोलुखुम्बुमा मात्र विभिन्न श्रेणीमा गरी जम्मा ७९ वटा पुरातात्त्विक बस्तुहरुको मर्मत सम्भार तथा पुर्ण रूपमा निर्माण गर्नु पर्ने देखिएको छ । त्यस मध्यमा ८ वाट गुम्बाहरु मर्मत गर्नको लागि सरकारले रु २५००००० बजेट बिनोजन गरेको छ ।

जुन बजेटको ढाँचा अनुसार हाल मर्मत समेत भईरहेको छ । सोलुदुधकुन्ड नगरपालिका ( ३ को देछेन छोलिङ्ग गुम्बा पुर्ण रूपमा निर्माण गर्नु पर्ने भएकोले सम्भाबित बजेट १ करोड सम्मको माग गरीएको थियो । हाल सम्म पनि उक्त बजेटको अत्तोपत्तो नभए पछि सो बजेट कहिले आउछ ? भन्नेमा गुम्बा बिकास समिति कार्यालय समेत अनविज्ञ रहेको छ।

त्यस बिषयमा फेरि राष्ट्रिय पुर्ण निर्माण प्राधिकरणको कार्यालयमा गई निर्माण कार्यमा किन ढिलासुस्ती भनेर सोधपुछ गर्दा जारो टार्ने खाल्को जबाफ आएको पर्यटन ब्यावसायी निमग्याल्जेन शेर्पाले कलाखबरसँग बताए । शेर्पाले यस बिषमा सरोकारवालाहरुको सल्लाह सुझावको पनि खाँचो रहेको औल्याउँनु भएको छ।

प्रतिक्रिया दिनुहोस्