Logo

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै दुई जनाको मृत्यू


कलाखबर संवाददाता,३१,जेठ – काठमाण्डौं । थप २७३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यू भएको छ । सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, पर्सा र बर्दियामा ६र६ जना, झापा र रुपन्देहीमा ५र५ जना, मोरङ र पर्वतमा ४र४ जना, दाङ र गुल्मीमा २र२ जना, महोत्तरी, बारा, नवलपरासी १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्