Logo

एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित, नाघे ५ हजार


कलाखवर संवाददाता,३० जेष्ठ काठमाण्डौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। यो सगै संक्रमितको संख्या ५ हजार नाघेको छ । यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् १६ जनाको मृत्यु भएको छ। । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

शुक्रबार सम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्