Logo

जेठ २५ बाट बिस्तारै लकडाउन खोल्न सरकार तयार


 

कलाखबर संवाददाता,२२,जेठ–काठमाण्डौं । करिब साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो हुने भएको छ । आर्थिक गतिविधि ठप्प भएको र जनताको दैनिकि नै कष्टकर बनेको भन्दै आगामी आइतबारबाट लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको छ । संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई नखोली, अत्यधिक संक्रमण भएको जिल्लामा भने लकडाउन कायम राख्दै कम संक्रमित रहेको जिल्ला र क्षेत्र तथा संक्रमण दर एंव संक्रमितको संख्या न्यून रहेका क्षेत्रहरू खुकुलो बनाउने गरी छलफल अगाडि बढेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार क्षेत्र विभाजन गरेर लकडाउन खुकुलो बनाउने कार्ययोजना बनेको छ । उच्चस्तरिय समन्व्य समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिएसँगै अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसलाई पारित गर्नेछ । यसअघि वैशाख २६ गतेबाट लकडाउन खुकुलो बनाउने भनेर निर्णय भएपनि त्यो कार्यान्व्यन हुन सकेको थिएन् । उद्योग धन्दा खोल्ने भनिए पनि कसरी आवतजावत गर्ने रु मजदुरलाई कसरी सुरक्षित राख्ने रु लगायतका समस्याका कारण उक्त निर्णय कार्यान्व्यनमा समस्या देखा परेको थियो । यसपटक त्यस्ता समस्याको समाधान हुने गरि कार्यायोजना बनाइएको मन्त्री ढकालले बताए ।

                                                    ६ चरणको योजना बनाएर लकडाउन खोल्ने

सरकारले ६ चरणको योजना बनाएर लकडाउन पूर्णरुपमा खोल्ने भएको छ । सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र ९सीसीएमसी० ले विज्ञहरुको राय लिएर ६ चरणको योजना बनाएको हो । १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि लकडाउन पूर्ण रुपमा खुला गर्न सकिने उल्लेख छ । सीसीएमसीले बनाएको रणनीति उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भएको छ । समितिले यसलाई पारित गरेपछि मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यान्व्यन गरिने छ ।

६ चरणको कार्ययोजनामा पहिलो चरण अर्थात पहिलो दुई हप्ता कृषि, साना उद्योग, खुद्रा पसल लगायतका साना व्यवसाय आंशिक रुपमा खुला गरिनेछ । दोस्रो चरणमा कृषि कार्यलाई पूर्ण रुपमा खुला गर्दै सम्पूर्ण वित्तीय संस्थाहरु आंशिक खुला गरिनेछ । तेस्रो चरणसम्म पत्रपत्रिकाको प्रकाशन बन्द गरेर अनलाइनलाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ । चौथों चरणबाट आशिंक रुपमा निजी र केहि सार्वजनिक सवारी साधन चल्न दिने योजना बनाइएको छ ।

यहि चरणबाट आंशिक खुलिरहेका उद्योग, वित्तीय संस्था र अन्य निकाय पूर्ण रुपमा खोलिने प्रस्ताव गरिएको छ । पाँचौं चरणमा ठूलो संख्यामा भिडभाड हुने अवस्थाका बाहेक सबै संघसंस्था, बजार र यातायात खोलिने छ । पाचौं चरण अर्थात दशौं हप्तासम्को समिक्षा गछि अवस्था ठिक ढंगले अघि बढे छैठौं चरणमा प्रवेश गर्ने योजना बनाइएको छ । छैटौं चरणबाट सामाजिक दुरि कायम राख्दै, मास्कलाई अनिवार्य गरेर सबैजसो कार्यालय, यातायातका साधन र बजार खुला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्