Logo

आज बुद्धको २५६४ औ जन्मजयन्ती,कोरोना महामारीले गर्दा गत बर्षझै रौनकता छाएन


कलाखबर संवाददाता,२५,बैशाख–काठमाउडौं । आज बुद्धको २५६४ औ जन्मजयन्ती परेको छ । धेरै ठाउँमा गत बर्षझै विभिन्न तरिकाले बुद्ध जयन्ती मनाउने सोच बनाए पनि कोरोना कहर महामारीको कारण यो बर्षको सबै कार्यक्रम स्थगित गरिएको छ । जसले गर्दा यो बर्षको बुद्धजयन्ती कुनै रौनकता देखिएन ।

किराँतीहरुले् उधौली र उभौलीको रुपमा मनाउदै आएको साकेला नाँच पनि यो बर्ष स्थगित गरिएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति ९निधन० भएको वैशाख शुक्ल पूणिर्मा (आज०को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।

काठमाडौंको वौद्धनाथ वुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणा लागि सरकारले गरेको लकडाउनका कारण धेरै मानिस उपस्थित हुन सकेनन् ।

यद्यपि केही वौद्ध धर्मावलम्बी, धर्मगुरु र भिक्षुहरु उपस्थित भई विधिपूर्वक प्रार्थना र पूजापाठ गरे । कोरोना भाइरसको संक्रमणविरुद्ध सचेत हुँदै वौद्धनाथ वरपर डिसइन्फेक्सन स्प्रे पनि छर्किइएको थियो ।

प्रतिक्रिया दिनुहोस्