Logo

बुधबार बसेको मन्त्रीपरिषदको बैठकबाट जेष्ठ ५ गते सम्म लकडाउन लम्ब्याउने निर्णय


कलाखबर संवाददाता,२४,बैशाख– काठमाण्डौं । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले आगामी जेष्ठ ५ गते सम्म लकडाउन लम्ब्याउने अन्तिम निर्णय गरेको छ ।

भारत लगायत नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेपछि मन्त्रीपरिषदको बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने विश्वभर करिब साढे दुई लाख बढीले ज्यान गुमाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्