Logo

मृगौला पीडित तथा ज्याला मजदुरी गरेर जीविकापार्जन गर्ने अत्ति बिपन्न परिवारलाई राहत वितरण


कलाखबर संवाददाता,१७,बैशाख –काठमाण्डौं । सफेद चरण संस्था र संयुक्त आवाज परिवर्तन समाज एवम् अन्तराष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा दुबै मृगौला फेल भएर डाईलोसिस गरि रहनुभएका ४७ जना मृगौला पीडित र विपन्न ६ परिवारलाई राहत वितरण गरेका छन् । बिहान बेलुका छाक टार्न समेत धौधौ पर्ने, अत्ति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने मजदुर र मृगौला

पीडितहरुलाई तीनवटा संस्थाको तर्फबाट आवश्यक राहत मंगलबार वितरण गरिएको सफेद चरण सस्थाका हेल्थ कोडिनेडर साथै अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ का अध्यक्ष पदम लिम्बू पावलले कलाखबरलाई जानकारी दिनु भयो । दैनिक रुपमा चुल्होमा आवश्य पर्ने दाल,चामल,नुन,तेल,चिनी जस्ता आवश्यक खाद्य सामाग्री पीडिहरुलाई वितरण गरिएको हो ।

सरकारबाट विभिन्न कारणवस राहत लिन छुटेका पीडित तथा मजदुरहरुले मनकारी तथा यस्ता सहयोगी गैरसरकारी संस्थाबाट आवश्यक राहत पाउदा निकै खुशी महशुस गरेका थिए । सफेद चरण संस्था र संयुक्त आवाज परिवर्तन समाज एवम् अन्तराष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले यो लकडाउनको समयमा यस्तै अप्ठयारोमा परेकाहरुलाई धेरै ठाँउमा राहत वितरण गरी सकेको छ ।

सरकारले वडाको समन्वयबीना कसैलाई पनि राहत नदिनु भनि रहेको अवस्थामा पीडितहरुको पीडा देख्न नसकेर लुकीछिपि राहत वितरण गर्दै आएको राम्रो नराम्रो अलनाइन चौतारीका सञ्चालक श्याम कुलुङ राईले बताए । साथै सीधै वडा र नगरपालिकालाई राहत हस्तान्तरण गर्दा वास्तविक पीडितको हातमा पुग्न नसक्ने पनि कुलुङले बताए ।

यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै विशेष गरी मृगौला पीडित विभिन्न किसिमका बिरामीहरुको सेवा तथा उपचार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्