Logo

आजको तरकारी तथा फलफुलको भाउ यस्तो छ (मूल्य सूचिसहित)


 

 

कलाखबर संवाददाता,२४,माघ–काठमाण्डौं । कालीमाटीस्थित तरकारी बजारले तोकेको तरकारीको खुद्रा मूल्यअनुसार शुक्रबार नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो रु ८० र न्यूनतम रु ७० रहेको छ । यस्तै ठूलो गोलभेडा (भारतीय) को पनि मूल्य समान रहेको छ । यसैगरी सानो गोलभेडाको खुद्रा मूल्य प्रतिकिलो अधिकतम रु ४० र न्यूनतम रु ३० रहेको छ ।

आलु रातो प्रतिकिलो अधिकतम ५० र न्यूनतम ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो १०० र न्यूनतम ९०, काउली९स्थानीय० अधिकतम रु ६० र न्यूनतम रु ५० रहेको छ । यसैगरी हरियो खुर्सानीको अधिकतम रु ८० र न्यूनतम रु ७० रहेको कालीमाटी फलफूल तथा बजार बिकास समितिले जनाएको छ ।

यसैगरी केरा दर्जनको औसत मूल्य ९५, लोकल काँका्रे एक किलोको औषत मूल्य रु १६० मूल्य तोकिएको छ । तर कालीमाटीको मूल्य निश्चित निर्धारण गरिए पनि बाहिर बाहिर खुद्रा पसलमा भने मनोमानी मूल्यमा बिक्रि गरी रहेका छन् ।
                                                                 

                                                                                आजको तरकारीको मूल्य सूची

प्रतिक्रिया दिनुहोस्