सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो)

कलाखवर सम्वाददाता, कार्तिक १७  –नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँको  काठमाडौँ मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी कलाकारहरू नाच्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो । काठमाडौँको काठमाडौँ मलमा भने अभिनेत्री स्वस्तिमा खड्का पुगेकी थिइन् ।

सार्वजनिक ‘खुद्राखुद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने शब्द तथा सङ्गीत कोसिस क्षेत्रीको रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा स्वस्तिमा र मुकुन भुसालले कम्मर मर्काएका छन् । चलचित्र बुलबुललाई विनोद पौडेलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का टेम्पोचालिकाको भूमिकामा देखिएकी छिन् । चलचित्रमा स्वस्तिमाको अलावा बुद्धि तामाङ ,दीपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।