Logo

बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते


कलाखबर संवाददाता,१२,कात्तिक—काठमाण्डौं । तौलिहवा पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दाङ गढवाका ४ वर्षीय शुसान्त सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिए। मृतक सुनारको उपचारको क्रममा मृत्यु भएको उनले बताए। घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिपर ठोक्‍किएका हुन्। घटना दिउँसो साढे दुई बजेतिर भएको हो। दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको थियो। अहिले भने सवारी सूचारु भएका छन्।

प्रतिक्रिया दिनुहोस्