नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् ।
तस्बिर फाईल ः राजकुमार राई
कलाखबर संवाददाता,११,कात्तिक –काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले दशै तिहार र छठ पर्वको अवसरमा चियापान बिशेष कार्यक्रमको आयोजना गरेको छ । करिब ५० हजार जनाई निमन्त्रणा दिइएको कार्यक्रममा नेकपाका अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण उपस्थित भएको थिएनन् ।
राजधानीको भृकुटीमण्डपमा जारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बतउनु भयो ।
उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए । त्यस क्रममा महिला नौमति बाजा समुहले पनि नौमति बाजा बजाएर चमात्कारी देखाएका थिए । चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति रहेको थियो ।
पूर्प प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता शेरबहादुर देउपा समेत उपस्थित भएका थिए । देउपालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल आदीले स्वागत गरेका थिए । नेकपाले चियापानमा चिया, कचौरी, निम्की, केरा लगायत परिकार राखेको थियो । चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको उपस्थिति थियो ।
तस्बिर फाईल ः राजकुमार राई