Logo

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा


राजकुमार राई,१,कात्तिक – काठमाडौं । वडादशैं तथा बिजया दशमीको अवसर पारेर यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयार गरेका छन् । यो भन्दा अगाडी राष्ट्रपति र पूर्वराजाले मात्र टीका दिने चलन थियो ।

यो पटक भने प्रधानमन्त्रीले पनि सर्व साधारणलाई टिका लगाई दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।

त्यसपछि प्रधानमन्त्रीले अरुलाई टीका लगाइदिने सचिवालय स्रोतले जनाएको छ । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्