Logo

गायक कृष्ण  भक्त राईकोे सुन न प्यारी तिमीलाई सम्झी, सुमधुर गीत सार्वजनिक


 

कलाखबर संवाददाता,४,असोज—काठमाण्डौं । सदावहार गायक कृष्ण भक्त राईको सुन न प्यारी तिमीलाई सम्झी सुमधर गीत बजारमा आएको छ । यो गीतको भिडियोलाई बुधबार एक कार्यक्रमको बीचमा राईले सार्बजनिक गरेका हुन् ।

विशेष गरि यो गीतमा बैदेशिक रोजगारीमा जाने युवाहरुको कारुणीक र मार्मीक कथा समेटिएको छ । आशा राईको शब्द रचना रहेको गीतमा चर्चित गायक गायक कृष्ण भक्त राईले स्वर,संगीत भरेका छन् । राजधानी काठमाण्डौंको गोदाम चौउर, चोभार लगायतका विभिन्न रोचक स्थानहरुमा रेशम दर्लामीको छायाँङ्कन रहेको गीतलाई माधव राज खरेलले निर्दशन गरेका हुन् ।

वैदेशिक रोजगारको सिलशिलामा विदेशमा खेप्नु परेका सास्ती चाडबाड र पर्वमा समेत आफनो परिवारलाई भेटन नपाएको तथा मालीकबाट तथानाम गाली खानु परेको जस्ता दृश्य सामाग्री यस भिडियोमा समेटिएको छ । करिब १३ सयको हाराहारीमा गीत गाइसकेका कृष्ण भक्त राई लोक प्रिय तथा सदावहार गायक हुन् ।

राई दृश्टि विहिन भएपनि गीत भने सधैं जिवन्त र सदावहार नै बनेको छ । प्राय उहाँको गीतमा वेदना र मर्मस्पर्शीता भेटिन्छ । नमुछे आमा दहिमा टिका,नछरे जमरा, जस्ता उहाँका थुप्रै कालजय गीतहरु रहेका छन् । सुन प्यारी यो गीतमा दाम्पत्य जीवन बीचको माया प्रेम प्रशंग जोडिएको पाईन्छ ।

यो गीतको भिडियोमा समीर लामा, विन्दु कोईराला, रवि ढुङ्गेल,राजन थापा,स्मिरा लामा,लक्ष्मी कुमार श्रेष्ठ लगायतका कलाकारहरुको रोचक अभिनय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्