Logo

‘द ब्रेकअप’ को इन्डक्ल्याप


कलाखबर संवाददाता, श्रावण २९- हेमराज विसी निर्देशित चलचित्र ‘ब्रेकअप’ इन्डक्ल्याप भएको छ । सोमवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको इन्डक्ल्याप गरेको हो ।नेपाल र अष्ट्रेलियामा खिचिएको चलचित्रमा अभिनेता आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्की, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति २७ पुस तोकिएको छ ।कार्यक्रममा निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका चलचित्र भन्दा फरक स्वादको रहेको बताए ।

निर्माण घोषणा समयमा रहेका निर्माता रोहित अधिकारी अहिले चलचित्र युनिटसँग अलग भएका छन् । अष्ट्रेलिया छायाँकन जानु अगाडि ठिकठाक रहेका निर्माता निर्देशकको सम्बन्ध छायाँकन सकिएर फर्किए पछि बिग्रिएको हो ।चलचित्रको बजेट बढ्दा निर्माता अधिकारी र निर्देशकबीच विवाद उत्पन्न भएको खबर छ । तर इन्डक्ल्यापमा निर्देशक विसी यो बिषयमा मौन रहे । चलचित्र लभस्टोरी र कमेडी जनरामा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्